बालुवाटार जग्गा प्रकरणमा माधव, बाबुराम र विष्णु पौडेलविरुद्ध सर्वाेच्चको यस्तो आदेश, कारवाही अघि बढ्यो 

  |   प्रकाशित :

काठमाडौं । बालुवाटारको ललितानिवास जग्गा हिनामिना प्रकरणमा सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउनुको कारण सोधेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषदको निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गर्दै मुद्दा चलाउन माग गरेका थिए । 

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउनुको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियारलाई आदेश दिएको हो । 

त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वाेच्चका न्यायाधीशलाई जग्गा फिर्ता गर्न शर्तमा मुद्दा नचलाइएको बारेमा पनि सर्वाेच्चले अख्तियारसँग जवाफ मागेको छ । 

यससँगै उन्मुक्ति पाएकाहरु विरुद्ध पनि सर्वाेच्चबाट कारवाही अघि बढेको छ । अख्तियारको जवाफपछि अन्तिम फैसला आउनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech