बाबुरामले पर्दाफास गरे प्रचण्डको सफेद झुट, पूर्वएमालेहरु पनि चर्को विरोधमा

  |   प्रकाशित :

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सफेद झुटको पर्दाफास गरेका छन् ।  

प्रचण्डको ‘गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गर्न भन्नुभयो’ भन्ने अभिव्यक्तिको खण्डन गर्दै बाबुरामले झुटको पर्दाफास गरेका हुन् । प्रचण्डको अभिव्यक्तिलगत्तै ट्वीट गर्दै बाबुरामले गिरिजाले ठूला आक्रमण गर्न आग्रह नगरेको खुलासा गर्दै प्रचण्डले बढाई चढाई गरेर इतिहासलाई तोडमोड गरेको तथ्य सार्वजनिक गरे । उनले बढाईचढाई प्रचण्डको शैली नै भएको समेत स्पष्ट पारेका छन् । 

गिरिजाले १२ बुँदे सहमति भइसकेपछि २०६२ मंसिरमा घोषणा गरेको नगरपालिकाको चुनाव विथोल्न आग्रह गरेको खुलाउँदै बाबुरामले आक्रमण गर्न भनेको कुरा बढाई चढाई मात्रै भएको स्पष्ट पारेका छन् ।

बिहीबार जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले जनआन्दोलन चलिरहेको समयमा नेपाली कांग्रेसका तत्कालिन सभापति स्व। गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गरिदिन आग्रह गर्ने गरेको बताएका थिए । ‘गिरिजाप्रसाद कोइराला र मेराबीच दिनदिनै फोनमा कुरा हुन्थ्यो। उहाँले अली ठूला आक्रमण गर्न पर्यो भन्नु हुन्थ्यो। जिल्ला सदरमकाम हान्न र्पयो भन्नुहुन्थ्यो। संसारमा यस्तो कमै छ’, उनले भनेका थिए । 

प्रचण्डको यो अभिव्यक्तिमा नेपाली कांग्रेसले समेत आपत्ति जनाइसकेको छ । सामाजिक सञ्जाल लगायत सबैतिर चर्को आलोचना समेत भइरहेको छ । पूर्वएमाले समूहका नेताहरु पनि यो अभिव्यक्तिको विरोधमा उत्रिएका छन् । नेकपा नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिले पार्टीलाई नै घाटा हुने भन्दै आलोचना गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech