चीनबाट ल्याएर खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीलाई १७ दिनपछि घर पठाइँदै

  |   प्रकाशित :

काठमाडौं : कोरोना महामारीको उद्गम थलो चीनको उहानबाट उद्दार गरी ल्याएर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई सरकारले १७ दिनपछि घर पठाउने भएको छ। १९३ जना नेपालीहरुलाई फागुन ४ गते नेपाल ल्याइएको थियो। 

चीनबाट आएका नेपालीहरुलाई सरकारले खरिपाटी र नगरकोटस्थित खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखेको छ। नेपाली विद्यार्थी लिन चीन गएका नेपाल वायुसेवा निगम (एनएसी) का विमान चालकसहित १८ जनालाई तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा र १७५ जना विद्यार्थीहरुलाई खरिपाटीस्थित प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ।

नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको आज (शुक्रबार) १३ दिन पुगेको छ। चिकित्सकको निगरानीमा राखिएकाहरुको नाक र घाँटीको नियमित नमूना सकलन भइरहेको छ। भोली शनिबार पनि उनीहरुको पुनः स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोनाको लक्षण नदेखिएको मन्त्रालयले जानकारी दिएको छ। उनीहरुको अहिले नेपाली सेनाका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिरहेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech