कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा चलाइँदै, दिल्ली सरकारले दियो अनुमति

  |   प्रकाशित :

कन्हैया कुमार

नयाँदिल्ली : जवाहरलाल विश्वविद्यालयमा देशविरोधी नारा लगाएका कन्हैया कुमारलाई देशद्रोहको मुद्दा चलाइने भएको छ। दिल्ली सरकारले मुद्दा चलाउन स्वीकृति दिएको छ। 

जेएनयु छात्र संघका पूर्वअध्यक्ष कन्हैया कुमारले सन् २०१६ को फेब्रुअरी ९ मा जवाहरलाल नेहरु युनिभर्सिटीमा नाराबाजी गरेको भिडियो सार्वजनिक भएको थियो। यसलगत्तै यस मामिलामा जाँच अघि बढाइएको थियो। त्यतिखेर कन्हैया लगायत अन्य विद्यार्थीहरु विरुद्ध राजद्रोहको उजुरी दर्ता गरिएको थियो। 

तर यो मामिलामा मुद्दा चलाउन स्वीकृति मागेपनि दिल्ली सरकारले सो फाइल निकै लामो समयसम्म रोकेको थियो। अन्ततः आम आदमी पार्टीका नेता एवं मुख्यमन्त्री अरविन्द केजरीवालले कन्हैयासहित उमर खालिद, अनिर्बान, आकिब हुसैन, मुजीब, उमर गुल, बशरत अली र खालिद बसीरविरुद्ध मुद्दा चलाउन स्वीकृति दिएका हुन्। 

बेगूसरायका कन्हैया अहिले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का नेता हुन्। गत लोकसभा चुनावमा बेगूसरायबाट चुनाव लडेका कन्हैया पराजित भएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech