एसीसी टी-ट्वान्टी कपः मलेसियाले नेपाललाई दियो १५५ रनको लक्ष्य

  |   प्रकाशित :

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । 

निर्धारित २० ओभरको खेलमा मलेसियाले ६ विकेट गुमाउँदै १५४ रन बनायो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी-ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् । यस्तै अविनाश बोहराले २ विकेट लिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech