युएनएचआरसी मूख्यालयअघि टाँगियो यस्तो पोष्टरः पाकिस्तानी सेना अन्तर्राष्ट्रिय आतंकवादको केन्द्र (भिडियोसहित)

  |   प्रकाशित :

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (युएनएचआरसी) को मूख्यालयअघि पाकिस्तानी सेनालाई अन्तर्राष्ट्रिय आतंकवादको केन्दबिन्दु उल्लेख गरिएको पोष्टर टाँगिएको छ। 

भारतीय मिडियाहरुका अनुसार यो पोस्टर पाकिस्तानी अल्पसंख्यकहरुले टाँगेको हुन्। यतिखेर जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं बैठक बसिरहेको छ। पोस्टर टाँग्नेहरुले आतंकवादको क्षेत्रमा लगानी गरिरहेको पाकिस्तानविरुद्ध कडा कारबाही गर्न राष्ट्रसंघ समक्ष माग गरेका छन्। 

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिँदा विश्वव्यापी रुपमै आतंकवाद फैलिएको भन्दै त्यसप्रति ध्यानाकर्षण गराउन पोष्टर टाँगिएको हो। यस्तो अवस्था अन्त्य गर्न पाकिस्तानलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र राष्ट्र संघले कडा कदम चाल्नुपर्ने माग गरिएको छ।

पाकिस्तानको बलुच र पस्तुन अल्पसंख्यक समूहका अगुवाहरुले मानवअधिकार परिषद्को मूख्यालयअघि भाँचिएको कूर्सी समेत राखिदिएका छन्। आतंकवाद श्रृजनामा पाकिस्तानी सेनाले खेलिरहेको भूमीकाको विरोधमा यो कूर्सी राखिएको उल्लेख छ। 

सन् २००८ को नोभेम्बर २६ मा पाकिस्तान आश्रित आतंकवादीहरुले भारतको मुम्बईमा हमला गरेदेखि नै पाकिस्तान आतंकवादको केन्द्रको रुपमा रहिआएको छ। पाकिस्तानसँग सीमा जोडिएको वजिरिस्तानलाई स्थानीय र अन्तर्राष्ट्रिय आतंकवादको केन्द्रका रुपमा पाकिस्तानले विकास गरिरहेको आरोप लगाइएको छ। विशेषगरी अलकायदा र तालिवानी आतंकवादीहरुका लागि यो क्षेत्र स्वर्गजस्तै भएको बताइन्छ। 

यो क्षेत्रमा आतंकवादी क्रियाकलाप फैलाउन पाकिस्तान सरकार सक्रिय रुपमा सहभागी भएको तथा आतंकवादी गतिविधीलाई प्रायोजन गर्ने गरेको छ। 
नियमन बाहिर रहेको आर्थिक संरचनाको फाइदा उठाउँदै पाकिस्तानले अवैध रुपमा आतंकवादीहरुलाई सहायता राशी दिने गरेको छ। आतंकवाद नियन्त्रणमा पाकिस्तानी सरकार र राजनीतिक शक्तिहरुले इच्छा नदेखाउँदा त्यहाँ रहेका आतंकवादीहरु संगठित हुन, योजना बनाउन, रकम जुटाउन र सजिलै देशभर सक्रिय हुन पाइरहेका छन्।

भरतले शुक्रबारमात्रै पाकिस्तानी उच्च नेतृत्वलाई आतंकवादमा भइरहेको लगानी रोक्न तथा पाकिस्तानी भूभागभित्र रहेका आतंकवादी क्याम्पहरुलाई नष्ट गर्न आग्रह गरेको थियो।

अन्तर्राष्ट्रिय वित्तीय नियामक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई प्रतिबन्धको ग्रे लिष्टमै राखिरहने फैसला गरेलगत्तै भारतले वक्तव्य निकालेको हो। एफएटीएफले पाकिस्तानलाई नियमअनुसार पाकिस्तानले आतंकवादी लगानी रोक्न नसकेको आरोप लगाएको छ। 

मानवअधिकार परिषद्को जारी ४३औं बैठकमा पाकिस्तानले भारत नियन्त्रित जम्मू–कास्मीरमा मानवअधिकारको अवस्थाबारे ध्यान खिचेपछि भारतले पनि पाकिस्तानलाई आतंकवाद नियन्त्रणमा गम्भीर हुन आग्रह गरेको हो। 

पाकिस्तनलाई सुझावका १० वटा सूची दिँदै भारतीय कुटनीतिज्ञले पाकिस्तानलाई आतंकवादमा लगानी रोक्न तथा आतंकी क्याम्पहरु नष्ट गर्न भनेका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech