एसीसी टी-ट्वान्टी कपः ११ वर्षपछि मलेसियासँग नेपालको हार

  |   प्रकाशित :

काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग हार व्यहोरेको छ । 

एसीसी टी-२० इस्टर्न रिजन २०२० को च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको हो । मलेसियासँग नेपालले ११ वर्षपछि हार व्यहारेको हो । सन् २००९ को एसीसी टी-२० कपमा ६ विकेटको हार व्यहोरेको नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । तर यो पटक मलेसियाले बाजी मार्‍यो ।

शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । बलिङ ठिकठाक गरेको नेपालले ब्याटिङमा भने न राम्रो शुरुवात गर्न सक्यो, न राम्रो फिनिसिङ । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

निर्धारित २० ओभरको खेलमा मलेसियाले ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech