दक्षिण कोरियामा कोरोनाको कहर, राष्ट्रपतिद्वारा युद्धको घोषणा !

  |   प्रकाशित :

काठमाडौं । सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ । 

योसँगै कोरियामा कोभिड १९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन् । दक्षिण कोरियाले कोराना भाइरसविरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताएका छन् । 

राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन् ।

मुनले कोरिनाविरूद्धको लडाइँ यसअघि नै गम्भीर मोडमा पुगिसकेको बताएका थिए । यसैबीच कोभिड(१९ भाइरस फैलाएको आरोपमा थेगुको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई हत्या अभियोगमा अनुसन्धान थालिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech