कोरोना सङ्क्रमण नफैलियोस भनेर ५४ हजार कैदी रिहा

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको त्रासले इरानमा ५४ हजारभन्दा बढी कैदी रिहा भएको छ ।

धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार भन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको हो ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि भएकाहरुलाई केही दिनका लागि छाडिएको बताएको बीबीसीले जनाएको छ । पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका र सुरक्षासँग सम्बन्धित कैदीहरुलाई भने छाडिएको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech