कोरोनाबाट प्रभावित ६० मुलुकलाई १४ खर्ब सहयोग गर्ने विश्व बैंकको घोषणा

  |   प्रकाशित :

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसबाट प्रभावित ६० भन्दा बढी मुलुकहरूका लागि सहयोगको घोषणा गरेको छ ।

विश्व बैंकले कोरोनाबाट प्रभावित भएको भन्दै आफ्ना सदस्य राष्ट्रलाई १२ अर्ब डलर अर्थात् १४ खर्ब बढी रुपैयाँ सहयोगको घोषणा गरेको हो । 

विश्व बैंक गु्रपले विकासशील मुलुकको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सहयोग गर्ने जनाएको छ । कोरोना प्रभावित मुलुकका निजी क्षेत्रसँग मिलेर ती देशको अर्थतन्त्रलाई कम प्रभावित पार्न काम गर्ने पनि जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech