कोरोनाबाट बच्नका लागि यस वर्ष होली नखेलौंः भारतीय प्रधानमन्त्री मोदी

  |   प्रकाशित :

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको त्रासका कारण होली नखेल्ने घोषणा गरेका छन् । 

महामारीका रूपमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण उनले सम्पूर्ण भारतीय नागरिकलाई धेरै भीडभाडमा सहभागी नहुन आग्रहसमेत गरेका छन् । 

उनले बुधबार ट्विटरमा “कोरोना भाइरसबाट बच्नका लागि हामीले ठूलो संख्यामा एकत्रित हुनबाट जोगिनुपर्छ । म यस वर्ष होलीका कुनै पनि कार्यक्रममा सहभागी हुने छैन,” लेखेका छन् । भारतका विभिन्न सहरका पाँच जनामा कोरोना भाइरसको

संक्रमण फेला परिसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech