जेनेभामा पाकिस्तान सरकार र सेनाको अत्याचारविरुद्ध अल्पसंख्यकको प्रदर्शन, राष्ट्रसंघले एक्सन लिने

  |   प्रकाशित :

काठमाडौं । सिन्धी, बलोच र पश्तोन्स समूहले संयुक्त राष्ट्रसंघको मानवअधिकार काउन्सिलको कार्यालय रहेको स्वीटजरल्याण्डस्थित जेनेभामा पाकिस्तानी सरकार र सेनाको अत्याचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

एसिया लाइट समाचारको रिपोर्टका अनुसार सिन्धी, बलोच र पश्तोनले जेनेभामा रहेको ुब्रोकन चेयरु मा पाकिस्तानी सेनाले गरेका अत्याचारको विरोध गरेका हुन् । जहाँ मानव अधिकार परिषद्को ४३ औं अधिवेशन चलिरहेको छ । सिन्धी, बलोच, र पश्तोन्स पाकिस्तानका तीन जातीय समूह हुन् । जसले अल्पसंख्यक समुदायको वकालत तथा अधिकारका लागि बोल्छ । यी समूहहरु स्वतन्त्र राज्य निर्माणको लागि संघर्ष गरिरहेका छन् ।

ब्रोकन चेयरमा प्रदर्शन गर्दै सहभागीहरुले “सिन्धी बलोच र पश्तुनमाथि पाकिस्तान सेनाको अत्याचार रोक” भन्ने नारा लगाएका थिए । बितेको दशकमा, बलोचिस्तानमा १०० भन्दा बढी शवका साथ धेरै सामूहिक चिहानहरू भेटिएको छ । जसमा अल्पसंख्यक समुदाय छन् । 

प्रदर्शनकारीहरूले सेना र इमरान खान सरकारलाई अल्पसंख्यकमाथिको अत्याचारको लागि भर्त्सना समेत गरे। पाकिस्तानको शक्तिशाली सेना र सरकारविरुद्ध जेनेभामा भएको प्रदर्शनले मानवअधिकार परिषद्को अधिवेशनको ध्यान आकर्षित गरेको छ ।

पश्तोन्सका नेता मुस्तफा पश्तोनले भेलालाई सम्बोधन गर्दै सेना र सरकारले पाकिस्तानमा पश्तोनहरुलाई सताएको आरोप लगाए। उनले आतंकवादलाई सहयोग पुर्याउने पाक सेनाको पनि आलोचना गरे । आतंकवादबाट बच्नका लागि आवश्यक कदम चाल्न उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरे । 

प्रख्यात इटालियन मानव अधिकारकर्मी फ्रेन्चेस्काले पनि आन्दोलनकारीलाई सहयोग गरिरहेका छन्। पाकिस्तानमा पछिल्लो समय अल्पसंख्यक हिन्दू, बौद्ध, इसाई धर्मका समुदायमाथि राज्यको संरक्षणमा अत्याचार भइरहेको रिपोर्ट सार्वजनिक भएका छन् । भर्खरैमात्र एक हिन्दू युवतीमाथि अपहरण गरेर मुस्लिम केटाले विहे गर्न खोजेपछि पाकिस्तानमा समेत हिन्दूहरु आन्दोलित छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech