सरकारी गाडीमै जन्ती, मन्त्रालयका सचिव परे प्रहरी फन्दामा

  |   प्रकाशित :

चितवन । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल सरकारी गाडीमै जन्ती जाँदा प्रहरीको फन्दामा परेका छन् । 

सचिव खरेल मन्त्रालयको लु १ झ ४११ नम्बरको गाडी लिएर बुधबार रतपुर ९ मा रहेको ‘रोज गार्डेन पार्टी प्यालेस’मा जन्ती आएका थिए । मन्त्रालयका सचिव अङ्ग रक्षकसहित सरकारी गाडीमा जन्ती आएको उजुरी परेपछि गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले सचिव खरेल चढ्ने स्कर्पियोसहित उनक अङ्ग रक्षक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र चालक प्रहरी नियन्त्रणमै छन् । अङ्ग रक्षकलाई भने केहीबेर नियन्त्रण लिएर छोडिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech