पाकिस्तानले फेरि धार्मिक अल्पसंख्यकमाथि अत्याचार गर्‍यो, ननकाना गुरुद्वारामा आक्रमण 

  |   प्रकाशित :

गुरुद्वारामा आक्रमण गर्दै मुस्लिम अतिवादीहरुको समूह।

पाकिस्तानस्थित करिब ४०० बर्ष पुरानो नान्काना साहिब गुरुद्वारामा अतिवादी मुस्लिमहरुको एक समहूले आक्रमण गरेको छ।

पञ्जाब प्रान्तस्थित सो गुरुद्वारामा मुसलमानहरुको एक समूहले घेरा हाली १९ बर्षीय शिख किशोरी जगजित कौरलाई अपहरण र निकाहा गर्ने मुहम्मद इहासनलाई रिहा गर्न माग गरेका हुन्।

मुहम्मदलाई शिख किशोरीमाथि जबर्जस्ती गरेको आरोपमा थुनामा राखिएको छ। निजले सन् २०१९ अगष्टमा कौरलाई अपहरण गरी जबर्जस्ती मुस्लिम धर्म अपनाउन बाध्य पारेको थियो।

यो अभियोगमा नन्काना प्रहरी स्टेशनमा ६ जना मुस्लिमविरुद्ध एफआइआर दर्ता गरिएको थियो। कौरका पिता शिख धर्मालम्बीका ग्रन्थी हुन्, जसले गुरु ग्रन्थ साहिबको प्रवचन दिने गर्थे। उनलाई अपहरण गरेपनि मुहम्मदले निजको छोरा जुल्फिकर अलि खानसँग जबर्जस्ती विवाह गराइदिएको थियो। 

मुस्लिम अतिवादीहरुको समूहले अल्पसंख्यक शिखको गुरुद्वारामा आक्रमण गरेपनि स्थानीय पाकिस्तानी प्रहरीले भने यो घटनालाई गोप्य राखेको थियो।

तर आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अल्पसंख्यकहरुको धार्मिक सम्पदामाथि आक्रमण भएको तथ्य बाहिरिएको थियो।

हुलदंगा गदै अतिवादी मुस्लिमहरुले शिखहरुविरुद्ध नाराबाजी गरेको तथा प्रहरी र जिल्ला प्रशासनलाई समेत चुनौती दिएको थियो। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech