कोरोनाका कारण यस वर्ष काठमाडौंमा होली खेल्न नपाइने

  |   प्रकाशित :

काठमाण्डौ । कोरोना भाइरसका कारण यस वर्षको होली प्रभावित हुने भएको छ । 

सरकारले धेरै मान्छे जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायहरुले आवस्यक जिम्मेबारी निर्वाह गर्ने निर्णय गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech