अमेरिकामा कोरोनाले लियो ११ जनाको ज्यान, क्यालिफोर्नियामा आपतकालको घोषणा

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा ११ जनाको ज्यान लिएको छ । 

अमेरिकामा ११ जनाको मृत्यु भएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुरुषको मृत्यु भएपछि अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।

क्यालिफोर्निया राज्यमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि आपतकाल घोषणा भएको हो । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने घोषणा गरेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech