अनुसन्धान विभागले राजस्व चुहावट गर्ने १ सय ३० कम्पनीलाई बोलायो

  |   प्रकाशित :

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ सय ३० वटा कम्पनी तथा फर्मलाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । 

प्रधानमन्त्री मातहतमा रहेको विभागले राजस्व चुहावट गर्ने र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरेका ती फर्म तथा कम्पनीलाई सात दिनभित्र (फागुन २८ गतेसम्म) विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो । 

विभागले ती कम्पनी तथा फर्मको घर ठेगानामा पत्राचार गर्दासमेत उपस्थित नभएको भन्दै सात दिनभित्र उपस्थित नभए सिधै कारबाही गर्ने चेतावनी दिएको छ । राजस्व चुहावटसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा सात दिनभित्र विभागमा उपस्थित नभए कारबाहीविरुद्ध कहीं कतै उजुरी नलाग्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech