कोरोनाको जोखिमबाट बच्न खेल प्रतियोगिताहरु स्थगित गर्ने

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।

सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।

खेल प्रतियोगिताहरु के गर्ने भन्ने छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए । उनले भने, ‘अहिले भइरहेका खेलहरुलाई रोक्न गाह्रो होला तर अब हुने प्रतियोगिता स्थगित गर्ने तयारी छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech