नेपाली बजारमा मास्कको कालो बजारी, ५ रूपैयाँ पर्ने मास्कको २५ रूपैयाँ !

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण विश्वभर महामारीका रुपमा लिएपछि नेपाली बजारमा मास्कको कालो बजारी शुरु भएको छ । 

कालो बजारी शुरु भएसँगै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ । अनुगमनका साथै मास्क महंंगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न विभागले आग्रह गरेको छ । 

यसका साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गर्न सकिने विभागले जनाएको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि सरकारले यो कदम शुरु गरेको हो ।

तीन साता अघिसम्म प्रतिगोटा ५ रूपैयाँ पर्नेलाई २० देखि २५ रूपैयाँ र १० रूपैयाँ पर्नेलाई ४०/५० रूपैयाँसम्म पर्ने जनगुनासको आएको थियो । उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने विभागले जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech