‘राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन सकेनन्’

  |   प्रकाशित :

जनकपुरधाम । बेपत्ता परिवारका लागि राज्य इमान्दार नभएको मुख्यमन्त्री लालबाबु राउतले टिप्पणी गरेका छन् । 

आज जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।

प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech