विद्यालयहरुले पनि इन्फारेड थर्मोमिटरको प्रयोग थालियो

  |   प्रकाशित :

काठमाडौं । विद्यालयहरुले पनि इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् । 

कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका हुन् । शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको देखियो । ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ ।

शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिन्छ । त्यस्तो देखिएमा सम्वन्धित व्यक्तिलाई उपचारका लागि पठाइन्छ । कोरोना भाइरस संक्रमणको सुरुवातको लक्षण शरीरमा तापक्रम बढ्नु हो । 

कोरोना सङ्क्रमणको जोखिम बिच एसईई परीक्षा हुने

कोरोना भाइरसको जोखिम भए पनि एसईई परीक्षा नरोकिने जनाइएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech