‘कोरोना देखिएन भनेर आनन्दले नबसौं’, एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने ?

  |   प्रकाशित :

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । 

कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको हो । बैठकमा सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे । 

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै सां‌सद थापाले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

विद्यालयहरुले पनि इन्फारेड थर्मोमिटरको प्रयोग थालियो

विद्यालयहरुले पनि इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका छन् । कोरोनाको जोखिम बढ्दै गएपछि विद्यालयहरुले पनि विद्यार्थीहरुमा ज्वरो नाप्ने उपकरण इन्फारेड थर्मोमिटरको प्रयोग गर्न थालेका हुन् । शुक्रबार बिहान काठमाडौंको भीएस निकेतन स्कुलले आफ्ना विद्यार्थीहरुमा इन्फारेड थर्मोमिटरको प्रयोग गरेको देखियो । ज्वरो चेक गर्दै विद्यार्थीलाई विद्यालय प्रवेश गराउन थालिएको विद्यालयले जनाएको छ ।

शरीरको तापक्रम बढी भएमा इन्फारेड थर्मोमिटरमा रातो संकेत देखिन्छ । त्यस्तो देखिएमा सम्वन्धित व्यक्तिलाई उपचारका लागि पठाइन्छ । कोरोना भाइरस संक्रमणको सुरुवातको लक्षण शरीरमा तापक्रम बढ्नु हो । 

कोरोना सङ्क्रमणको जोखिम बिच एसईई परीक्षा हुने

कोरोना भाइरसको जोखिम भए पनि एसईई परीक्षा नरोकिने जनाइएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने जनाएको छ ।

Image result for एसईई परीक्षा हुने

स्पेनिस फ्लुझैं घातक होला कोरोना ?

एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो।

फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए। कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो। कतिपय बिरामी त घुस दिएर अस्पताल भर्ना भएका थिए। स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो। यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो।

‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन्। ‘मानिस सकेसम्म अरुलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्कोतिर मुख फर्काएर बोल्थे। सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए। आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech