कोरोनाले स्वास्थ्य आपतकाल !, विद्यालय बन्द गर्न निर्देशन

  |   प्रकाशित :

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना भाइरस)ले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको छ ।

चीन हुँदै अन्य (लगभग ९०) देशमा समेत कोरोना भाइरसको संक्रमण फैलेकाे छ । अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि पछिका दिनहरुमा यस्को (कोरोना भाइरस) प्रभावबाट बच्नका लागि नेपालमा सर्तकता अपनाउन थालेको छ । 

कोभिड–१९ नोवल कोरोना भाइरसको प्रभावबाट बच्न धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । 

शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृपबहादु बडले जानकारी दिए । उपमहानगरपालीकाले अर्को सूचना नआउँदासम्मका लागि आइतबारदेखि सामुदायिक तथा नीजि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो । 

त्यस्तै, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । 

कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको हो । बैठकमा सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे । अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे । 

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै सां‌सद थापाले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech