कतार प्रहरीमा १७९ जना नेपाली भर्ती

  |   प्रकाशित :

काठमाडौं । पहिलोपटक कतार प्रहरीमा १ सय ७९ जना नेपाली भर्ती भएका छन् । 

कामदार मात्रै लैजाने गरेको कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । तालिम सकिएसँगै उनीहरु कार्यक्षेत्रमा खटिएका छन् ।

यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो । नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech