कोरोनाका कारण ३४७ अर्ब डलर नोक्शान

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसका कारण उत्पादन देखि आयात निर्यात र आवातजावत समेत प्रभावित हुँदा धेरै मुलुक प्रभावित भएका छन् । 

कोरोना भाइरसका कारण विश्वमै आर्थिक क्षति पुगिरहेको छ । सबैभन्दा ठूलो क्षति चीन, दक्षिण कोरिया, जापान जस्ता देशहरुले भोग्नुपरिरहेको छ । अमेरिका र यूरोपले पनि ठूलो क्षति भोग्ने अवस्था सृजना भएको छ ।

एशियाली विकास बैंकका अनुसार कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा ४०२ खर्ब नेपाली रुपैयाँ बराबरको क्षति हुनसक्छ । ३४७ अर्ब डलरको नोक्शानी देखिइसकेको भन्दै विश्वकै आर्थिक वृद्धिमा असर पर्न सक्छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित देशहरुका लागि अर्बौं डलर सहयोगको घोषणा गरिसकेका छन् । अमेरिका, चीनलगायतका धनी देशहरुले रोगविरुद्ध अरबौं डलर खर्च छुट्याइसकेका छन् ।-एजेन्सी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech