एसईई तोकिएको समयमै हुन्छ: शिक्षा मन्त्रालय

  |   प्रकाशित :

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिका अनुसार सञ्चालन हुने छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech