गुगल, ट्वीटर र फेसबुकद्वारा पाकिस्तानमा सेवा बन्द गर्ने चेतावनी (पत्रसहित)

  |   प्रकाशित :

विश्वका प्रमुख इन्टरनेट सञ्जाल गुगल, ट्वीटर र फेसबुकले पाकिस्तानमा सेवा सञ्चालन बन्द गर्ने चेतावनी दिएका छन्। 

इस्लामावादले नागरिकको सुरक्षाका लागि भन्दै नयाँ प्रतिबन्ध (सेन्सरसीप) घोषणा गरेपछि विश्वका प्रमुख इन्टरनेट सञ्जालहरुले प्रधानमन्त्री इमरान खानलाई पत्र नै लेखेका छन्। 

पाकिस्तानले ल्याएको नयाँ नियममा हरेक इन्टरनेट सञ्जाल चलाउने कम्पनीहरुले इस्लामावादमा कार्यालय खोल्नुपर्ने र तथ्यांक संकलन गर्न डाटा सर्भर राख्नुपर्ने प्रावधान समेटिएको छ। साथै, सरकारी नियामकले पहिचान गरेका तथ्यांकहरुलाई हटाउनुपर्ने नियम समेत पाकिस्तानले बनाएको छ। 

एसियामा सञ्चालित इन्टरनेट सञ्जालहरुको गठबन्धन (एआइसी) ले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेख्दै आफ्ना सबै सेवा सञ्चालन बन्द गर्ने चेतावनी नै दिएका हुन्।

प्रतिबन्धको उद्धेश्यले ल्याइएको पछिल्लो नयाँ नियम परिमार्जन नगरे पाकिस्तानमा सेवा सञ्चालन गर्न निकै अप्ठ्यारो हुने र अन्ततः यसले पाकिस्तानी प्रयोगकर्ता र व्यवसायलाई नै असर पुर्‍याउने सो पत्रमा उल्लेख छ। 

अहिलेसम्म यस्तो खालको नियम विश्वका अन्य कूनै पनि मुलुकले नल्याएको र पाकिस्तानमात्रै विश्व प्रणालीबाट भाग्न खोजेको सो पत्रमा लेखिएको छ।

पाकिस्तानको पछिल्लो कदम त्यहाँका जनतालाइ विश्व समुदायबाट अलग्याउन र उनीहरुको अधिकार खोस्नेतर्फ उन्मुख रहेको पनि एआइसीले जनाएको छ।

एआइसीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखेको पत्र :

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech