मौसमः मेघगर्जन, चट्याङ्, हावाहुरी र असिनासहितको वर्षा

  |   प्रकाशित :

काठमाडौं । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू-भागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन २४ गते 

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्र हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भू(भागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते

दिउँसोः देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही मध्य भू-भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी र मध्य पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech