होली विगतको जस्तो नखेलौँः गृह मन्त्रालय

  |   प्रकाशित :

काठमाडौं । होली पर्वमा विगतको जस्तो जम्मा भएर नखेल्न गृह मन्त्रालयले आग्रह गरेको छ । 

शनिबार प्रेस विज्ञप्ती जारी गर्दै  गृह मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै हर्ष र उल्लासका साथ मनाइने होलीमा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालसमेत उच्च जोखिममा रहेको हुनाले विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरिसकेको छ । अहिलेसम्म नेपालमा ‘कोभिड–१९’को संक्रमण भएका तथ्य फेला नपरेको पनि गृहले जानकारी गराएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech