वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ

  |   प्रकाशित :

बारा । १२ वर्षदेखि फरार सूचिमा रहेका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन् ।

फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको बताए । साहको हत्यापछि फौजदार भागेका थिए । 

पगेनीका अनुसार प्रहरीको चौथों प्रयासमा फौजदार पक्राउ परेका हुन् । साहको हत्यामा ५ जना संलग्न भएको र मुख्य योजनाकार फौजदार रहेको पगेनीले बताए । फौजदार अदालतमा हाजीर नभएकाले उनको मुद्दा मुल्तवीमा थियो । पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणपछि हत्या गरिएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech