१२ वर्षीय बालकले गरे आफ्नै भाइको हत्या

  |   प्रकाशित :

 कैलाली । चुरे गाउँपालिका-४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । 

आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए । भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech