'नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीको भुमिका' बिषयक कार्यक्रम बनारसमा सम्पन्न, डा. शशांकले के भने?

  |   प्रकाशित :

वाराणसी । नेपाल अध्ययन केन्द्र काशी हिन्दु बिश्वबिद्धालय र नेपाल विद्यार्थी संघ भारतको आयोजनमा 'नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भुमिका' शिर्षकमा अंतरराष्ट्रीय गोष्टि सम्पन्न भएको छ ।

गोष्टी लाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोईरालाले आफ्नो बाल्यकाल देखि बिश्वबिद्धालय सम्म को जीवन बिताएकोले वाराणसी संग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको कुरा उजागर गर्नु भयो ।

नेपालमा तत्कालिन जहानिया राणा शासन को अन्त्य र प्रजातन्त्र स्थापनार्थ संघर्षका दिनहरुमा काशी क्षेत्रले निकै ठूलो योगदान गरेको कुरा औंल्याउनु भयो।साथै नेपाल र बनारसको बहुआयामिक सम्बन्धहरुले समग्र नेपाल भारत को सम्बन्ध लाई उचाई दिने काम गरेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता गर्नु भएका भारतका प्रसिद्ध समाजबादी चिन्तक तथा जय प्रकाश नारायण बिश्वबिद्धालयका पुर्ब उपकुलपती प्रोफेसर हरिकेश सिंह ले बि पि कोईरालाले नेपालमा प्रजातन्त्र स्थापना गर्न अत्यन्तै ठूलो भुमिका निर्बाह गरेको र उहाको नाममा काशी हिन्दु बिश्वबिद्धालयमा research centre स्थापना गरि अनुसन्धानको कामलाई अगाडि बडाउनु पर्ने बताउनुभयो।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल ले 'दक्षिण एसिया मा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ' भन्ने शिर्षकमा आफ्नो भनाई राख्नु भयो। त्यस्तै केन्द्रिय सदस्य दिपक गिरि ले नेपाल र बनारसका बहुआयामिक सम्बन्धहरुको बारेमा चर्चा गर्नु भयो ।

अर्का केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी ले प्रजातन्त्र स्थापना ले सामाजिक रुपान्तरण मा पुर्याएको योगदानको चर्चा गर्नु भयो। पुर्ब अर्थ राज्य मन्त्री उदय समशेर राणाले नेपालको परिप्रेक्ष्यमा आर्थिक प्रजातन्त्र कोअवस्था का बारेमा आफ्ना भनाई हरु राख्नु भयो।

कार्यक्रममा भारतको राज्य सभाका पुर्व साम्सद आनन्द भास्कर रापुलु, बनारस हिन्दु युनिभर्सिटी का डिन प्रो. एम के सिंह , विभिन्न बिभागका संकाय प्रमुख हरु, वाराणसिका लब्द प्रतिष्ठित व्यक्तित्व हरु विभिन्न पार्टिका नेताहरु, विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि हरु, बिश्वबिद्धालय का बिद्यार्थी हरु गरि करिव ३०० जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सम्योजन नेपाल अध्ययन केन्द्र ,काशी हिन्दु बिश्वबिद्धालय का संयोजक प्रो. बि. वि. सिंह र नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सुर्य न्यौपाने ले गरेका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech