भारतलाई पराजित गर्दै अष्ट्रेलियाले जित्यो महिला-टी ट्वान्टी विश्वकप

  |   प्रकाशित :

काठमाडौं । मेलबर्न स्तिथ एमसीजीमा आज भएको महिला टी ट्वान्टी विश्वकपको फाइनल खेलमा उपाधि अष्ट्रेलियाले हात पारको छ ।  फाइनल खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

१ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अल आउट भयो । यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । यससंगै अष्ट्रेलियाले महिला टी ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech