कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएपछि...

  |   प्रकाशित :

कतार । कतारले मार्च ९ अर्थात आजदेखि नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । 

कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप कतारले चीन, इजिप्ट, भारत इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रील‌ंका, सिरिया र थाइल्यान्डका यात्रु प्रवेशमा रोक लगाएको हो । 

कतारले इटाली उड्‍ने र त्यहाँबाट आउने सम्पूर्ण फ्लाइट्‍मासमेत प्रतिबन्ध लगाएको छ ।  कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् । आइतबारमात्रै कतारमा तीन संक्रमित थपिएका थिए । 

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ सयभन्दा बढी पुगेको छ ।  नेपाल सरकारले नेपालमा कोरोना संक्रमित नभएको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनको सूचीमा नेपालमा एकजना कोरोना संक्रमित भएको जनाइएको छ । 

नेपाले पनि चीन, जापान, दक्षिण कोरिया, इरान, इटालीलगायतका कोरोना बढी प्रभावित मुलुकका नागरिकलाई नेपाल आउँदा कोरोना जाँचको प्रमाणपत्र देखाउनुपर्ने प्रावधान लागु गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech