४ जना नेपालीमा कोरोना संक्रमण, मर्नेको संख्या चार हजार कट्यो

  |   प्रकाशित :

काठमाडौं । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । 

कोरोनाबाट मर्नेको संख्या चार हजार कट्यो

काठमाडौं। मंगलबार विहानको तथ्यांक अनुसार कोरोना भाइरसबाट मर्नेको संख्या चार हजार नाघेको छ । विश्वभर कोरोना भाइरसबाट एक लाख १३ हजार मानिस संक्रमित भइसकेका छन् । सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण चीनमा भएको छ ।

चीन र दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आउने क्रम देखिएको छ । सोमबार चीन र कोरियामा कोरोना भाइरसका संक्रमितको नयाँ संख्या विगत दिनका तुलनामा कम देखिएको छ । कोरियामा साँढे सात हजार संक्रमित भइसकेका छन् ।

इरान र इटालीमा भाइरसको संक्रमण बढेको छ । अमेरिकामा पनि भाइरस फैलिएको छ । इटालीले मानिसहरुलाई घरबाहिर ननिस्कन भनेको छ । इटाली देशनै बन्द गरिएको छ । बोइङ विमानका कामदारलाई कोरोना भाइरस सरेको छ । अमेरिकास्थित बोइङ कम्पनिका कामदारलाई भाइरस सरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech