मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  |   प्रकाशित :

 काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको जनाएको छ ।

उक्त प्रणाली पश्चिमी भू–भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ । ‘बुधबारदेखि पश्चिमी भू–भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ’, मौसमविद्ले भने। हाल देशका केही पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंसिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ । बिहीबार देशभर आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech