कोरोनाकै कारण अहिलेसम्म ४२ सय ९५ जनाको मृत्यु, ११९ देशमा संक्रमण 

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।  कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ । कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन् । ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अन्य देशमा तीव्र रुपमा कोरोना फैलिएपनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ । चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन् । जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन् । कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ । त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech