मुख्यमन्त्री राउतलाई ‘महामुर्ख’को उपाधि !

  |   प्रकाशित :

जनकपुरधाम । मिथिला नाट्यकला परिषद्ले मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामुर्ख’को उपाधि प्रदान गरेको छ ।

प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेश २ का मुख्यमन्त्री राउतलाई दिइएको हो । त्यसैगरी  यस पटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech