‘कोरोना सङ्क्रमणबाट बच्न संसद् र विद्यालय बन्द गरौँ’

  |   प्रकाशित :

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सांसद प्रधानले विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई महामारी भनेर घोषणा गरिसकेको र ‘प्याण्डेमिक’ प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाइसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेको औँल्याए । सरकारले अहिले पनि संसद्लाई निरन्तर चलाइराख्न नहुने तर्क उनले गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech