ठूला जमघट र उत्सवमा सहभागी नहुन नेपाल सरकारको अनुरोध 

  |   प्रकाशित :

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै ठूला जमघटका कार्यक्रममा सर्वसाधारणलाई सहभागी नहुन अनुरोध गर्न आग्रह गरेको मन्त्रालयका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

मन्त्रालयले मानिसको ठूलो जमघट हुने सिनेमा हल, बसपार्क, पार्टीप्यालेस तथा सामूहिक बसोबास हुने अपार्टमेन्ट जस्ता स्थानमा स्वास्थ्यकर्मी टोली खटाई समयसमयमा परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत स्थानीय तहलाई आग्रह गरेको छ । रासस

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech