कोरोना भाइरसको संक्रमण नआओस् भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरीमा भाकल

  |   प्रकाशित :

डोटी । कोरोना भाइरसको संक्रमण नआओस् भन्दै शिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकल गरिएको छ ।

कोरोना भाइरसका संक्रमण डोटीमा फैलन नदिन शक्ति स्वरुप जगदम्वा माता शैलेश्वरीसँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए ।

‘हामीले भाकल गरेका छौं, माता शैलेश्वरीको कृपादृष्टिले कोरोनाको संक्रमण हाम्रो क्षेत्रमा आउने छैन,’ अध्यक्ष भट्टले भने, ‘भगवान शिवले सयल गरेको ठाउँ, भगवान रामचन्द्रले यज्ञ गरेको यो पवित्र भूमिमा यस्ता संक्रमण आउने छैन् भन्ने हामीलाई विश्वास छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech