एसईई परिक्षा नरोकिने, बिहीबारदेखि सुरु

  |   प्रकाशित :

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी दिएका छन् । 

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले जानकारी दिए ।

‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’ जारी अपिलमा भनिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech