लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

  |   प्रकाशित :

काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले चैत ८ गतेपछिका  सबै लिखित परीक्षा स्थगित गरेको हो । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech