भोलि पनि राष्ट्रियसभाको बैठक बस्ने

  |   प्रकाशित :

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । 

हालसम्म संसद स्थगन गर्ने निर्णय नभएका कारण भोलिका लागि बैठक आह्वान गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयले जनाएको छ । बिहीबार भने राष्ट्रियसभा सदस्यको तापक्रम जाँचेर मात्र बैठकमा प्रवेश दिइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech