कोरोनाबाट जोगिन मुस्लिमहरुले मस्जितमा नमाज पढ्न बन्द गरेपिछ...

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसबाट जोगिन मुस्लिम समुदायले मस्जितमा नमाज पढ्न बन्द गरेका छन् । 

कोरोनाबाट जोगिन मुस्लिमहरुले मस्जित नगइ घररघरमै नमाज पढ्न सुरु गरेका हुन् । नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीले जानकारी अनुसार मुस्लिमहरु हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु गरेका छन् ।

२५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घरमै नमाज पढ्न थालिएको हो । मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएको जनाइको छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech