पशुपतिमा हरेक साँझ हुँदै आएको आरती भोलिदेखि बन्द

  |   प्रकाशित :

 काठमाडौं । पशुपति मन्दिरमा हरेक साँझ हुँदै आएको आरती भोलिबाट बन्द हुने भएको छ ।

त्यस्तै पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा बढी मलामी नआउन आग्रह गरेको छ ।

सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । 

पशुपति क्षेत्रविकास कोष परिषरको विशेष सरसफाइ तथा निर्मलीकरण गरिएको ढकालले जानकारी दिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech