गृहमन्त्री थापा र नेपालका लागि भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

  |   प्रकाशित :

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा केन्द्रीत रहेको थियो । नेपालमा भारतीय राजदूतका रुपमा कार्यभार सम्हाल्नुभएकामा क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे। 

मन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

भेटमा उनले विश्व्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकबीच सहकार्यको आवश्यकतामा जोड दिए। यसै सन्दर्भमा नेपाल–भारत सीमाबाट सो महामारी नफैलियोस भनेर सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech