सीआरभी टोलीका प्रहरी नै लुटपाटमा संलग्न, पत्रकार पनि पक्राउ

  |   प्रकाशित :

काठमाडौं । काठमाडौंबाट लुटपाट गर्न मकवानपुर गएको अवस्थामा प्रहरीको सीआरभी टोली पक्राउ परेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोलीका प्रहरी लुटपाट गर्ने क्रममा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत रही महानगरीय प्रहरीको सीआरभी टोलीमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेल, प्रहरी जवानहरु हेमकान्त मगर र वीरबहादुर बस्नेत छन् । उनीहरुसँग एकजना पत्रकार पनि पक्राउ परेका जनाइएको छ । पक्राउ परेका पत्रकारको नाम सुजन आचार्य भनिए पनि उनी कुन सञ्चारमाध्यममा कार्यरत हुन भन्ने विषय भने खुलेको छैन । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सीआरभी टोलीका सदस्यहरु लुटपाट गर्ने क्रममा पक्राउ परेको पुष्टि गरे । डीआईजी पोखरेलका अनुसार मकवानपुर प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध डाँका मुद्दामा अनुसन्धान शुरु गरिसकेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech