नेपालमा पनि कोरोनाको संक्रमण, स्वास्थ्यमन्त्री ढकालले गरे पुष्टि 

  |   प्रकाशित :

काठमाडौं । नेपाली नागरिकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । 

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपालीमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको थियो । 

मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि उक्त कुराको पुष्टि गरेका छन् । उनले भने, हो,”रिपोर्ट पोजिटिभ आएको छ ।”

ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको थियो । मन्त्री ढकालले भने,‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ(कहाँ छन् ? भनेर खोजी गर्दैछौं ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech