‘अमेरिका बन्द हुदैन, बन्द गर्नका लागि अमेरिका बनेको होइन’

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका छन् । 

कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले कोरोना भाइरस कोभिड–१९ को कारण अमेरिका बन्द नहुने बताएका हुन् । सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् । 

उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावत रुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन् । ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech